सन्दीपले जति माया दिए पनि सुरभीलाई किन नपुग्ने ?
काठमाडौं – पछिल्लो समय चलचित्रका गीत मात्र होइन म्युजिक भिडियो निर्माणमा पनि निकै खर्च गर्न थालिएको छ । उत्कृष्ट म्युजिक भिडियो बनाउन बिदेशका बिभिन्न भुमिका समेत छायाँकन हुने गरेका छन् ।
यस्तै करिब ४ लाख खर्च गरेर अष्ट्रेलियामा छायाँकन गरिएको ‘म सधै ’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नजिकिदै गरेको ‘भ्यालेन्टाइम डे’को अवसर पारेर यो गीत भिडियो सहित सार्वजनिक गरिएको छ ।
माया प्रेमका थिममा निर्माण गरिएको भिडियोमा सुरभी मानन्धर र सतीस मानन्धर प्रेमी प्रेमीकाको रुपमा देखिएका छन् । म्युजिक भिडियो सन्दीप श्रेष्ठले निर्देशक गरेका हुन् । बिभिन्न आकर्षक लोकेसनमा छायाँकन भएको यो गीतमा मोडलाई रोमान्टिक तवरले प्रस्तुत गर्ने काम निर्देशकले गरेका छन् । निर्देशक भिडियोमा मोडल र लोकेसन दुबै प्रथाकिमताका साथ प्रस्तुत गर्न सफल भएका छन् ।
स्वेदशमा थुप्रै राम्रा म्युजिक भिडियो बनाएका निर्देशक श्रेष्ठले बिदेशमा बनाएको भिडियो यो नै पहिलो हो । सुवानी मोक्तानको शब्द तथा संगीत रहेको गीतमा सुवानी र कमल खत्रीको स्वर रहेको छ । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियो सौरभ मानन्धरले छायाँकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण