धान कुटी मकै भुटी...
काठमाडौं - बालापनमा धान कुटी मकै भुटी भन्दै हामी कैयौंले मादल बजाउन प्रयास गरेका छौं होला ।
ताल काट्न नजानेर धान कुटी मकै भुटी भन्दै मादल बजाउने हामी सबैलाई त्यो बालापनको झल्को दिलाउने एउटा गीत सार्वजनिक भएको छ ।
दीपेन्द्र घिमिरेको शब्दमा भारतमा संगीतको अध्ययन गरेर नेपाल फर्किएका संगीतकार एस.डि योगी को संगीत रहेको “धान कुटी मकै भुटी“ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
एस.डि योगी र श्रुती योगी को स्वर रहेको उक्त गीतको भिडियोमा भिमफेदी गाईज र बेबो आचार्यको फिचरिङ रहेको छ ।
निर्मल लामा (बीजी) को निर्देशन रहेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका हुन् भने सम्पादन प्रबिन श्रेष्ठ को रहेको छ । भिडियोलाई चन्द्र गौतम ले निर्माण गरेका हुन् ।
सञ्चार क्षेत्रमा कार्यरत गीतकार घिमिरे पछिल्लो समय गीत लेखनमा अगाडि बढ्दैछन् । यस अघी घिमिरेकै शब्दमा मेलिना राईको स्वर रहेको तल्लाघरे साईला.. बोलको गीत सार्वजनिक भईसकेको छ ।
भिडियो हेर्नुहोस्:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण