१७ माघबाट राजधानीमा नवौं अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला
काठमाडौं – एभरेस्ट नेपाल कल्चरल ग्रुपले नवौं अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला–२०७४ आयोजना गर्ने भएको छ । मेला यहि १७ देखि २६ फागुनसम्म नेपालमै आयोजना हुने एभरेस्ट नेपाल कल्चरलले जनाएको छ ।
एभरेस्ट नेपाल कल्चरलले राजधानीमा एक कार्यक्रमको आयोजना सहित र मेलामा विभिन्न ११ देशका कलाकारहरु सहभागी रहने जानकारी दियो । संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले यसपटकको मेलामा इस्टोनिया, ग्रिस, इन्डोनेसिया, बंगलादेश, भारत, मलेसिया, कोस्टारिका, इटाली, इजरायल, टर्की र नेपालले आफ्ना देशका विभिन्न लोक संस्कृति प्रस्तुत गर्ने बताए ।
११ मुलुकका विभिन्न सांस्कृतिक समूहका ३ सयभन्दा बढी कलाकारले मेलामा भाग लिने अध्यक्ष कोइरालाको भनाई रहेको छ ।
‘नेपालजस्तो बहुजातीय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र संस्कृति छन् । नेपालका लोक संस्कृतिबारे बाह्य देशका संस्कृतिकर्मीलाई जानकारी गराउँदै उनीहरूको संस्कृति पनि एकैथलोमा प्रदर्शनसँगै आदानप्रदानका लागि विगत नौ वर्षदेखि यो मेला आयोजना गरिँदै आएको हो,’ अध्यक्ष रामचन्द्र कोइरालाले भने ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नारासहित मेला आयोजना हुन लागेको हो । यसपटकको मेला काठमाडौं, ललितपुर, नवलपरासीको गैंडाकोट, पोखरामा आयोजना गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण