यस्ता छन् भ्यालेन्टाइम डे लक्षित ४ गीत
आज प्रेम दिवस । यो दिनलाई लक्षित गरेर बजारमा थुप्रै गीत संगीत आएका छन् । ति मध्य ४ गीत यस्ता रहेका छन् ।
राजेश पायलको ‘दिलै चोरौला’
काठमाडौं – ‘भ्यालेन्टाइन डे’को अवसर पारेर गायक राजेश पायल राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘दिलै चोरौला’ शिर्षकको उक्त प्रेम गति भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको हो । जीवन शाहीको निर्देशन गतिको भिडियो पनि बनेको छ । भिडियोमा मोडेल तथा नायिका जेबिका राई र कमल सिँहले अभिनय गरेका छन् । गीतमा राजु कार्कीको एरेन्ज र डि आर अटुको संगीत रहेको छ ।
पल शाह र सन्ध्याको रोमान्स
भ्यालेन्टाइन डेको अवसर पारेर गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दहरुको एउटा आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । ‘आदत...’ शीर्षकको उक्त गीत भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको हो ।
सुमन केसीको स्वर रहेको गीतमा शंकर थापाको संगीत छ । संगीतकार थापा तथा गायक केसीले शब्द रहेको गीतको भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा पल शाह र सन्ध्या केसीको रोमान्स रहेको छ ।
‘साँझ ढली गयो’ गीतमा अन्जु र अनिलको रोमान्स
गायक नरेन्द्र श्रेष्ठको ‘साँझ ढली गयो तिमी नहुँदा, दिल यो बेचैन भयो’ बोलको गीतको भिडियो पनि भ्यालेन्टाइम डेको अवसर पारेर बाहिर आएको छ । बालकृष्ण सजिवको शब्द तथा अनिल शाहीको संगीत रहेको गीतको भिडियोमा अनिल शाही र अञ्जु चौलागाईको रोमान्स देख्न सकिन्छ । शिशिर श्रेष्ठको निर्देशन रहेको भिडियोले आफ्नी मायालु नभएको पलमा दिल बेचैन भएको कुरा लगायतका माया र प्रेम झल्किने कुरालाई नजिकबाट केलाएको छ ।
आँचललाई पाउँ भन्दै अनसन बसे पल
सँगसँगै हिँडेको देखेपछि छिमेकभर पल शाह र आँचल शर्माको प्रेम रहेको हल्ला हुन्छ । उक्त हल्ला पछि पलले साँच्चिकै आँचललाई मन पराउँछन् तर आँचलले भने कुनै संकेत गर्दिनन् । आँचलको मन जित्न नसकेपछि पलले आमरण अनसन राखेर आँचललाई आफ्नो बनाउने कोशिस गरेका छन् ।
यो कथा गायक शिव परियारको हालै सार्वजनिक गीतको हो । ’हल्ला हल्लामै माया’ बोलको गीतमा पल र आँचलको अभिनय छ । यसपटकको प्रणय दिवस लक्षित गरी सार्वजनिक गरिएको यस गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । ‘शिवालय’ एल्बममा समावेश यस गीतमा नारद निठुरीका शब्द तथा आशिष अविरलको संगीत रहेको छ । गीतको भिडियोलाई अनिल के. मानन्धरले छायांकन गरेका छन्, भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण