बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रहरीको गोली लागेर कालिकोटमा एक जनाको मृत्यु : प्रहरी-कर्मचारी सम्पर्कमा आए

सोमबार, ०१ जेठ २०७४, १० : ३५
सोमबार, ०१ जेठ २०७४

कालिकोट, जेठ, १ – कालिकोटको नरहरिनाथ गाउँपालिका स्थित नन्दादेवी माविको मतपेटीका जलाउन पुगेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एकको मृत्यु भएको छ । आईतबार साँझ मतपेटीका शिल गर्ने क्रममा ठुलो संख्यामा पुगेका  विप्लवका कार्यकर्ताले घेरा हालेर मतपेटीका जलाउन थालेपछी प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर धनरुप बटालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

कालिकोट सदरमुकामबाट ९ घण्टा पैदल दुरीमा रहेको नरहरीनाथ गाउँपालिका खटिएका निर्वाचन अधिकृत सहितका प्रहरी कर्मचारी आईतबार राती अबेरसम्म सम्पर्कमा आउन सकेका थिएनन् । अहिले सवै प्रहरी र कर्मचारीहरु सम्पर्कमा आएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले जानकारी दिए ।

‘सवै प्रहरी र कर्मचारीहरु सम्पर्कमा आईसक्नु भएको छ’ प्रजिअ सुवेदीले भने, ‘कोही सम्पर्क विहीन छैन, सवै सकुसल हुनुुहुन्छ ।’ आईतबार साँझको घट्ना पछी प्रहरी र कर्मचारीहरु कुमालगाउँ स्थित ईलाका प्रहरी कार्यालयमा बसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

त्यस्तै झड्पका क्रममा केही घाईते भएको र उनीहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी भईरहेको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले  जानकारी दिए ।

निर्वाचन सम्पन्न भएपछी मतपेटीका प्याक गरेर गणनास्थलतर्फ लाने तयारी गर्दै गर्दा अचानक ठूलो संख्यामा आएका नेपाल कम्युनिष्ट पार्टीकाकार्यकर्ताले जनमत सहितको ब्यालेट बक्स जलाएका थिए ।

कतिवटा ब्यालेट बक्स थिए र कतिवटा जलाए भन्नेबारे यकिन विवरण अझै आईनसकेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

०५५ सालमा यहाँका महिलाहरुले स्थानिय प्रहरीले महिलामाथी दुर्व्यवहार गरेको भन्दै चौकीबाट हतियार खोसेका थिए ।

२०५५ तिरै तत्कालिन विद्रोही माओवादीको प्रभाव बढेपछि नेपाली सेनाले किलो शेरा अप्रेशन यही गाउलाई लक्षित गर्दै सुरु गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप