प्लास्टिकमा आन्द्रा बोकेर हिंड्ने मानबहादुरले पाए नयाँ जीवन
सोमबार, ०१ जेठ २०७४, ०८ : ४३
पथरी मोरङ - खर्च अभावमा उपचार नपाएर शरीर बाहिर निस्किएको आन्द्रा प्लास्टिकमा बेरेर हिँडेका मोरङ मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईको नोबेल अस्पतालमा निःशुल्क उपचार गरेपछि नयाँ जीवन पाएका छन् ।
४० वर्षीय राईले उपचारका लागि आवश्यक रकमको अभावमा उपचार गर्न नपाएको विषयलाई आर्थिक अभावमा प्लास्टिकको झोलामा आन्द्रा बोकेर हिँड्न बाध्य’ शीषकको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि नोबेल अस्पतालले राईको निःशुल्क उपचार गरेको हो । एक महिना १३ दिन लगाएर गरिएको उपचार सफल भएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।
अल्सर भएर डेढ वर्षअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उहाँको शल्यक्रिया भएको थियो । प्लास्टिकको पोकोमा आफ्नो आन्द्रा बोकेर हिँड्ने राईले उपचार पाएसँगै नयाँ जीवन पाएको बताउनुभयो । तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षीय राईको उपचारका लागि बिपीले शल्यक्रिया गरेपछि छ महिनामा बोलाएको थियो । तर, खर्च अभावले राईले १५ महिनादेखि शरीर बाहिर आन्द्रा लिएर हिँड्न बाध्य हुनुहुन्थो ।
नोबेल अस्पतालका वरिष्ठ जेनेरल सर्जन डाक्टर जेएन भगवतीको टोलीले उक्त उपचार गरेको हो । “लामो समयसम्म उपचार नहुँदा बिरामीको पेटभित्र प्रोल्याप्स थुपै्र घाउ भएको थियो,” उपचारमा संलग्न जेनेरल सर्जन डाक्टर सुनित अग्रवालले भने, “बिग्रेको भागको आन्द्रा काटेर फालियो र बिरामीलाई निको बनाइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण