बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नुवाकोटमा मतगणना जारी,नगरपालिकामा एमाले र कांग्रेसकै अग्रता

सोमबार, ०१ जेठ २०७४, ०८ : ४८
सोमबार, ०१ जेठ २०७४
त्रिशूली नुवाकोट - नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ । विदुर नगरपालिकाको वडा नं १ को मतगणना जारी छ । २८७ मत गनिएकोमा नेकपा एमालेका प्रमुखका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार धु्रव अधिकारीले १०७ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रमा प्रमुखका उम्मेदवार लिलानाथ न्यौपानेले १४ मत ल्याएको छ । त्यसैगरी नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेस अगाडि देखिएको छ । अहिलेसम्म ८२३ मत गनिएकोमा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले ३४८, नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी लामिछानेले २८५ र नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार मानसिंह तामाङले १५४ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप