नवलपरासीका कावासोतीमा कांग्रेस र देवचुलीमा एमाले अगाडि
सोमबार, ०१ जेठ २०७४, ०८ : ५२
नवलपरासी, जेठ १ –नवलपरासीका तीन स्थानीय तहमा एमालेले अग्रता लिएको छ भने एकमा कांग्रेस अगाडि छ । कावासोती नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका मेयरका उम्मेदरवार महेन्द्र पोखरेलले १४५ मत पाएका छन् भने उपमेयरमा खागिसरा गरुङले १४१ मत पाएकी छन् ।
त्यस्तै एमालेका मेयरका उम्मेदवार चन्द्रा पुनले १२१ मत पाएकी छन भने प्रेमशंकर देवचुली नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमाले मेयरका उम्मेदवार हरिप्रसाद न्यौपानेले ३५९ मत पाएका छन् भने कांग्रेसका पूर्णकुमार श्रेष्ठले २५८ मत पाएका छन् ।
गैडाकोटमा पनि एमाले अगाडि छ । मेयरमा एमालेका छत्रराज पौडेलले २९४ मत पाएका छन् भने कांग्रेसका गजेन्द्र ओलेले २२२ मत पाएका छन् । गैडाकोटमा पनि माओवादी तेस्रो स्थानमा छ ।
त्यस्तै विनयी गाउँपालिकाको प्रमुखमा एमालेका लक्ष्मण पाण्डेले २८१ मत पाएका छन् भने उपमेयरमा तारा विकले ३७७ मत पाएकी छन् । कांग्रेसका डम्बर जिसीले १५४ मत पाउँदा उपप्रमुखमा मीना रानाले ६६० मत पाएकी छन् ।
यसैगरी मध्यविन्दु नगरपालिकाको मेयरमा एमालेका भीमलाल अधिकारीले १६२ मत पाउँदा कांग्रेसका चन्द्रबहादुर रानाले ११८ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण