काठमाडौ, भरतपुर र पोखरा महानगरपालिकाको मतगणना सुरु हुन सकेन : ललितपुरमा कांग्रेस अगाडि
काठमाडौ, जेठ १ –आईतबार सम्पन्न अधिकांश स्थानीय तहको निर्वाचनको मत गणना आजबाट सुरु हुदैछ । कतिपय स्थानीय तहको मत गणनको काम हिजोबाटै सुरु भएपनि धेरैजसोको आजबाट सुरु हुन लागेको हो ।
पहिलो चरणमा निार्वचन भएका २८१ तहअन्र्तगतका चार महानगरपालिकामध्ये ललितपुर महानगरको मतगणना आइतबार रातिबाटै सुरु भएपनि काठमाडौ, भरतपुर र पोखराको भने आजबाट मात्रै गणना गरिनेछ । जसका लागि आज बिहान आठबजेबाट ति स्थानमा मतगणना सुरु गरिने भनिएपनि सर्वदलिय बैठक बस्न नसक्दा ति स्थानको मतगणना गर्न ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतका कार्यलयले जनाएका छन् ।
धेरेको चासोको विषय बनेका महानगरको परिणाम कसको पक्षमा आउला भन्ने अड्कलबाजी र अनुमान लगाउनहरुको उतसुकता बढेको देखिएको छ । चार महानगरमध्ये काठमाडौ र ललितपुरमा एमाले राप्रपा तथा भरतपुर र पोखरामा कांग्रेस माआवादीबीच गठबन्धन भएकाले पनि ति स्थानको परिणाम कसको पक्षमा आउला भन्ने धेरैको चासो बनिरहेको छ ।
ललितपुर महानगरपालिका–१ वडाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ । जारी मत गणनामा प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३६७ मतका साथ अग्र स्थानमा हुनुहुन्छ, भने नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकार ३०९ मतका साथ दोस्रो र नेकपा (माओवादी केन्द्र) का दिनेश महर्जन ११२ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका सबै छ स्थानीय तह महानगरसहित दुई नगरपालिका र तीन वटै गाउँपालिकामा मतगणना जारी छ । गएराति १२ बजेबाट महानगरको १ वडाबाट मतगणना सुरु भएको थियो । उक्त वडामा दुई हजार ४६१ मतदाता रहेका छन् । जम्मा २९ वडा रहेको महानगरमा प्रमुख पदका लागि १४ तथा अन्य पदका गरी ६३४ जनाले उम्मेदवारी दिएका थिए । कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् ।मनाङ, रुकुम, जुम्ला, नवलपरासीलगायतका जिल्लाका स्थानीय तहमा पनि गएराति देखि नै मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण