बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सरकार र मोर्चाबीच बैठक बालुवाटरमा बस्दै

सोमबार, ०१ जेठ २०७४, ०९ : २०
सोमबार, ०१ जेठ २०७४

काठमाडौँ, जेठ १ – स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागिता सहितसंविधान संशोधन लगायतका विवादीत विषयमा सहमति जुटाउनका लागि सरकार र मधेसी मोर्चाबीच बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बस्दै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकका लागि आहवान गरेका हुन् ।

मोर्चाका एक नेताले अनुसार प्रधानमन्त्रीले बैठकमा बोलाएको र आफूहरु बालुवाटर पुग्दै गरेको रातोपाटीलाई जानकारी दिए ।

वैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि प्रधानमन्त्रीले मोर्चालाई छलफलमा डाकेका हुन् ।

आगामी जेठ ३१ गते दोस्रो चरणको निर्वाचनको तालिका रहेको छ । त्यस्तै यसअघि मोर्चा र सरकारबीच जेठ ४ गतेभित्र संविधान संशोधन प्रस्ताव पारित गराउने सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप