निर्वाचन आयोगको मतपरिणाम अपडेट : कहाँ कसरी हुँदैछ मतगणना ?
सोमबार, ०१ जेठ २०७४, ०९ : २७
काठमाडौं, जेठ १ – वैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि भएको निर्वाचनको पछिल्लो विवरण यस प्रकार छ:
१. निर्वाचन सम्पन्न भएका स्थानीय तहमध्ये सोमबार बिहान ७ बजेसम्म ७९ स्थानीय तहको मतगणना कार्य सुरु भइसकेको छ ।
२. रसुवा, धादिङ, डोल्पा, हुम्ला, गोरखा, मुगुलगायतका हिमाली तथा विकट क्षेत्रका मतदान केन्द्रका मतपेटिकाहरू हेलिकोप्टरबाट आज बिहान सम्बन्धित केन्द्रसम्म ल्याउने क्रम सुरु भएको छ । अन्य स्थानीय तहका सम्पूर्ण मतपेटिकाहरु आज बिहानसम्ममा सम्बन्धित मतदान केन्द्रमा ल्याइपु¥याउने जानकारी प्राप्त भएको छ ।
३. कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ६ स्थित नन्दादेवी मावि मतदान केन्द्रका मतपेटिकाहरु ढुवानीको क्रममा आइतबार साँझ ६ बजेको समयमा एक समूहले एक्कासी बम विष्फोट गराउनेलगायतका आक्रमणका कार्य गरी मतपेटिका लुटी नोक्सान पारेकाले सुरक्षाकर्मीले सुरक्षार्थ गोली चलाउँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सो घटनामा घाइते हुने तीनजना घाइतेहरूलाई उपचारार्थ हेलिकोप्टरबाट अस्पताल लैजाने तयारी भइरहेको छ । सो घटनामा पाँचजना सुरक्षाकर्मीसमेत घाइते भएको जानकारी प्राप्त भएको छ । मतदान स्थगित भएका र सामग्री लुटी नोक्सान पारिएका मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरिने छ ।
४. काठमाडौं उपत्यकामा काठमाडौं महानगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना सुरु भएको छ । काठमाडौं महानगरपालिकामा सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी हुँदैछ । यसैगरी, भक्तपुर जिल्लाका स्थानीय तहको मतगणनाको तयारी हुँदैछ ।
५. दोलखा जिल्लाको मेलुङगाउँ पालिकाको वडा नं. १ को सत्तेश्वर माविको मतदान केन्द्र र काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध गाउँ पालिकाको वडा नं. ४ को मतदान केन्द्रको मतदान कार्य स्थगित भएको व्यहोरा अवगत नै छ । कालिकोट जिल्लाको कालिका गाउँपालिका बालाचौर आधारभूत विद्यालय मतदान केन्द्रको आइतबार अपराह्न केही समय स्थगित भएको मतदान कार्य पुनः सुचारु गरी सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण