अपहरणमा परेको उम्मेदवार सम्पर्कमा
सोमबार, ०१ जेठ २०७४, ०९ : ३०
चितवन, १ जेठ - अपहरणमा परेको भनिएका एकजना उम्मेदवार गएराति परिवारको सम्पर्कमा आएका छन् ।
चितवनको राप्ती नगरपालिका–९ मा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल हिजो बिहानैदेखि सम्पर्कविहीन भएका थिए ।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाले दिएको जानकारीअनुसार राति नै उनी परिवारको सम्पर्कमा आएका हुन् । उनलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको आरोप माओवादी केन्द्रले लगाएको थियो । उक्त घटना भए पनि यहाँको निर्वाचन भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
तर प्रहरी अनुसन्धानले निर्वाचनका कारण उनी आफैँ सम्पर्कविहीन भएको देखिएको बताइएको छ । उनको खोजीका लागि हिजोनै प्रहरीले एउटा टोली त्यसतर्फ खटाएको थियो ।
सो घटनाको विषयमा अझै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शनिबार राति १ बजेदेखि उनी सम्पर्कविहीन भएका थिए ।
यता निर्वाचनको दिनमा प्रहरीले अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ३३ जनालाई छाडिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण