‘किम जोंग उनमाथि पागलपन सवार छ’
बीबीसी
जेठ १ – संयुक्त राष्ट्रमा अमेरिकी राजदूत निकी हेलीले उत्तर कोरियाली नेता किम जोंग–उनमाथि ‘पागलपन’ सवार भएको बताएकी छिन् ।
हेलीको यो टिप्पणी आइतबार उत्तर कोरियाले अर्को एक परमाणु परिक्षणपश्चात् दिएकी हुन् ।
हेलीले एबीसी न्यूजसँगको कुराकानीमा उक्त परमाणु परीक्षण दक्षिण कोरियाका नयाँ दक्षिण कोरियाका नयाँ राष्ट्रपतिलाई सन्देश दिनका लागि गरेका हुन् ।
अमेरिकाले उत्तर कोरियामाथिको ‘कडा निगरानी’ जारी राख्ने उनले बताएकी छिन् ।
जापानी अधिकारीका अनुसार उत्तर कोरियाले कुसोंगबाट परमाणु छोडे जुन हावामा २ हजार किलोमिटरको उचाईंसम्म पुगेको थियो ।
दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मून जे–इनले सत्ता सम्हालेपछि उत्तर कोरियासँगको सम्बन्ध सुधार्न संकेत दिएका थिए । जे–इनले उत्तर कोरियाको यो कारवाही ‘उक्साउने किसिमको’ बताएका छन् ।
अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाविरुद्ध सख्त प्रतिबन्ध लगाउने अपिल गरेको छ जबकी चीनले संयमता अपनाउने आग्रह गरेका छन् ।
संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रतिबन्धका बाबजूद उत्तर कोरियाले यो वर्ष एकपछि अर्को गरी थुप्रै परमाणु परिक्षण गरेको छ ।
उत्तर कोरियाले पछिल्लो महिना पनि दुईवटा परमाणु परिक्षण गरेका थिए । यद्यपी, ती असफल भएका थिए र परिक्षण गरेको केही समयपश्चात् नै यी रकेट बिस्फोट भएका थिए ।
उत्तर कोरियाले आफू अमेरिकासँग कुराकानी गर्न चाहेको तर यसका लागि स्थिती नियन्त्रणमा हुनुपर्ने बताएको थियो । उत्तर कोरियाभन्दा पहिले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि सही परिस्थितीमा किम जोंग उनसँग भेटघाट गर्दा उनलाई खुसी लाग्नेछ ।
तर हेलीले ट्रम्पसँग भेटघाट गर्नका लागि परमाणु परिक्षण सही तरिका नभएको बताएकी छिन् । उनले भनिन्, ‘जबसम्म उनले हाम्रा शर्त पूरा गर्दैनन्, हामी उनीसँग कुराकानी गर्ने छैनौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण