बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मनाङमा एमालेको अर्को जित

सोमबार, ०१ जेठ २०७४, ०९ : ५८
सोमबार, ०१ जेठ २०७४
मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल गरेको छ । मतगणना अनुसार एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जित निकालेका छन् । कांग्रेसकी छिरिङ ओङमा गुरुङलाई ५०४ मत प्राप्त भएको छ । यसअघि मनाङको चामे गाउँपालिकामा पनि एमालेका डम्बर बहादुर घले बिजयी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप