बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बेनी नगरपालीकाको मतगणानामा जारी, एमाले राप्रपा गठबन्धन अगाडि

सोमबार, ०१ जेठ २०७४, १० : ३८
सोमबार, ०१ जेठ २०७४
  म्याग्दी, जेठ १ – म्याग्दीको बेनी नगरपालीकाको मत गणना जारी छ । बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा आईतबार राती ११ बजेदेखि मतगणना सुरु भएको हो । यसैबीच बेनी नगरपालीका १ रत्नेचौरको पछिल्लो मतगणनाका मतपरिणाम अनुसार एमाले राप्रपा गठबन्धनले अग्रता लिएको छ । एमालेका मेयरका उम्मेदवार प्रमोद श्रेष्ठले ३२७ उपमेयरमा राप्रपाकी सञ्जु बरुवालले ३१७ तथा मेयरमा काँग्रेस माओवादी गठबन्धनबाट मेयरका उम्मेदवार काँग्रेसका हरिकुमार श्रेष्ठले २०७ र उपमेयरमा माओवादी केन्द्रकी ज्योती लामिछानेले १८२ मत प्राप्त गरेका छन् । तिन वटा मतदान केन्द्र रहेको बेनपा १ मा एक हजार ८६५ मतदाता रहेकोमा एक हजार ३७६ मत खसेको थियो । यसैबिच म्याग्दीको पाँच गाउँपालिकामा सोमबारदेखि मतगणना सुरु हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप