बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जापानमा ‘सायद २’ हेर्न दर्शकको भिड

सोमबार, ०१ जेठ २०७४, १२ : १३
सोमबार, ०१ जेठ २०७४
काठमाडौं, जेठ १ –३० असार प्रदर्शन मिति तय भएको चलचित्र ‘सायद २’को जापान प्रिमिएर भब्य भएको छ । आइतबार जापानको राजधानी टोकियो स्थित नाकानो जिरो हलमा आयोजित प्रिमिएरमा दर्शकले राम्रै साथ दिएका थिए । निर्माता सुनिल रावल, नायक सुशील श्रेष्ठ, पत्रकार श्याम अर्याल र सचित खड्का लगायत प्रिमिएरका लागि नेपालबाट सहभागी थिए । नेपाली दुतावास जापानका राजदुत श्री कृष्णचन्द्र अर्याल र एनआरएन जापानका अध्यक्ष सुदन थापाको समेत उपस्थिती रहेको प्रिमिएरमा चलचित्र हेर्न दर्शकको भिड लागेको थियो । प्रिमिएरमा सहभागी धेरै दर्शकले चलचित्र मन परेको प्रतिक्रिया दिएका थिए । दुर्गिश फिल्म्स्को ब्यानरद्वारा निर्मित चलचित्र ‘सायद २’मा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, शोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल , निशा कार्की, रुबिना श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा सुनिल रावलको कथा, राजु विक्रम थापाको छायांकन, अष्ट महर्जनको द्वन्द र गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । चलचित्रको लेखन तथा निर्देशन पुष्पराज टि न्यौपानेले गरेका छन् । – चलचित्र निकै राम्रो रहेको र आफुहरुले भरपुर मनोरंजन प्राप्त गरेको प्रतिक्रिया प्रिमिएरका दर्शकले दिएको निर्माता सुनिल रावलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप