संसारका सबैभन्दा सस्ता १० देश, थाहा पाउनुस् नेपाल कतिमा पर्छ
आइनेक्स्टलाइभ
जेठ १ – संसारमा यस्ता थुप्रै देश छन् जहाँ एक दिनको खर्च लाखौंमा आउने गर्दछ । तर आज हामी तपाईंलाई ती देशबारे जानकारी दिँदै छौं जहाँ बस्न र खान निकै सस्तो छ ।
१. भारतः
भारत संसारको सबैभन्दा सस्तो देश मध्येको एक हो । भारतमा ४४ प्रतिशत मानिसहरु दिनमा ६७ भारु खर्च गर्ने गर्दछन् । भारतमा बस्नका लागि १ महिना बस्नका लागि १ सय ४ डलरमा कोठा सजिलै पाइन्छ भने यहाँ २ डलरमा तपाईं आफ्नो पेट भर्न सक्नुहुन्छ ।
२. पाकिस्तानः
सबैभन्दा सस्तो देशको सूचीमा पाकिस्तान दोस्रो नम्बरमा छ । सन् २०१५ मा पाकिस्तान सबैभन्दा अफोर्डेबल देश थियो । यहाँ तपाईंलाई सय डलरमा १ महिनाका लागि बस्नका लागि कोठा पाइन्छ । खानका लागि तपाईंले १ डलर खर्च गर्नुपर्ने हुन्छ ।
३. यूरोपको मोलडोवा देशः
यूरोपको मोलडोवा देश संसारको सबैभन्दा सस्तो देशको सूचीमा तेस्रो स्थानमा छ । यहाँ तपाईं एक महिना बिताउनका लागि १ सय ६७ डलरको आवश्यकता पर्छ । यहाँ खानाको लागि पनि केही डलर दिएर सजिलै पाउन सक्नुहुन्छ ।
४. युक्रेनः
युक्रेन संसारको चौथो सबैभन्दा सस्तो देश हो । न्यूयोर्क सिटीको प्रतिस्पर्धामा यहाँ ८७ प्रतिशत भाडा सस्तो छ । यहाँ मेट्रोको यात्रा गर्नका लागि तपाईंसँग १० सेन्ट हुनुपर्छ । यहाँ एक बर्गर तपाईं १.५५ डलरमा पाउनुहुन्छ ।
५. काजकिस्तानः
काजकिस्तान संसारको पाँचौ सबैभन्दा सस्तो देश हो । यहाँ खाना र बस्न अन्य देशको तुलनामा निकै सस्तो छ । यहाँ तपाईं बसबाट यात्रा गर्नका लागि २७ सेन्टको आवश्यकता पर्दछ ।
६. नेपालः
नेपाल संसारको छैटौं सबैभन्दा सस्तो देश हो । काठमाडौंमा तपाईंले ७६ डलरमा कोठा र १.६६ डलरमा भरपेछ खाना पाउनुहुन्छ ।
७. ट्युनिशियाः
ट्युनिशिया संसारको सातौं सस्तो देश हो । यो अफ्रिकाको सबैभन्दा सस्तो देशमध्येको एक हो । यहाँ तपाईंले २.१६ डलरमा खाना पाउनुहुन्छ । एक महिना बस्नका लागि तपाईंलाई १ सय ४८ डलर खर्च गर्नुपर्छ ।
८. अजरबैजानः
अजरबैजान संसारको ८ औं सबैभन्दा सस्तो देश हो । यहाँ तपाईं १ सय ३६ डलरमा १ महिनाका लागि बस्नका लागि कोठा लिन सक्नुहुन्छ । यहाँको सिंगल मेट्रो टिकट ११ सेन्ट पर्छ । तपाईंको मासिक ट्राभल पास ६.७२ डलरको हुनेछ ।
९. अल्जिरियाः
अल्जिरिया संसारको नवौं सबैभन्दा सस्तो देश हो । यहाँ तपाईंले १ सय ४८ डलरमा सजिलै भाडामा कोठा पाउनुहुन्छ । तपाईंले खानका लागि केही डलर खर्च गर्नुपर्छ । यहाँ यात्राको खर्च पनि निकै कम छ ।
१०. जर्जियाः
जर्जिया संसारको १० औं सबैभन्दा सस्तो देश हो । यहाँको रहन सहन निकै साधारण छ । यहाँ १ महिना बस्नका लागि कोठा १ सय ५१ डलर भाडामा पाइन्छ । यहाँको खाना सस्तो छ । जर्जिया घुम्न पनि निकै सस्तो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण