भोट खसालेपछि कलाकार परियारको हत्या
सोमबार, ०१ जेठ २०७४, १२ : ३७
काठमाडौं, जेठ १ – रंगकर्मी तथा चलचित्रका कलाकार विक्रम परियारको हत्या भएको छ । भोट खसालेर घर नजिकै घुम्न निस्किएको समयमा उनलाई अज्ञात समुहले समुहले हत्या गरेको हो ।
तनहुँ स्थायी घर भएका परियार स्थानिय तह निर्वाचनमा मतदानका लागि तनहुँ गएका थिए । उनको शब दमौली अस्पतालमा राखिएको छ । कस्ले र किन उनको हत्या गरे भन्ने बिषयमा अहिले अनुसन्धान चलिरहेको छ ।
घटनास्थलबाट रगत लतपतिएको ढुंगा फेला परेको छ । सो घटनामा स्थानिय देवीनारायण श्रेष्ठ पनि घाइते भएका छन् । ब्यास नगरपालिका १ निर्मलटारमा मोटरसाइकलमा गइरहेको समयमा उनको हत्या भएको थियो ।
रेडियो नाटकका अलवा चलचित्र ‘बधशाला, ताण्डव, फिटकिरी लगायतका’ चलचित्रमा अभिनय गरेका छन् । परियारको श्रीमती, १४ बर्षका एक छोरा र ९ बर्षकी छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण