बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ढोरपाटन–१ मा माओवादी केन्द्र विजयी

सोमबार, ०१ जेठ २०७४, १२ : ४०
सोमबार, ०१ जेठ २०७४

बागलुङ, जेठ १ – वाग्लुङ्गको ढोरपाटन नगरपालिकाको वडानम्वर–१ मा नेकपा माओवादी केन्द्रका उमेदवार चित्रबहादुर भण्डारी वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनीे २ सय ५० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अशोक बिकले १ सय ९१ मत ल्याएका छन् । त्यस्तै चारवटा वडा सदस्यपदमा कांग्रेसका उमेदवारहरु विजयी भएका छन् । महिला सदस्यमा गौमती कुमालले २ सय ३५ मत ल्याएर विजयी भएकी छिन् । दलित महिला सदस्यमा असारी बिक विजयी भएकी छिन् भने खुल्ला सदस्यमा होमबहादुर रानाले २ सय ६९ मत र सन्धी गुरुङ्गले २ सय ४० मत ल्याएर विजयी भएकी छिन् । वडा नम्वर–१ को मत परिणाम अनुसार ढोरपाटन नगरपालिकाको मेयर पदमा नेकपा एमालेका देवकुमार नेपालीले अग्रता लिएका छन् । उनले २ सय ८९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका अर्जुन शेरचलनले २ सय ६३ मत ल्याएका छन् ।

राष्ट्रिय जनमोर्चाका गौरीशंकर पाण्डेले ६० मत र माओवादी केन्द्रका शेरमान घर्तिले ५९ मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी दिलमाया पौडीले २ सय ९६ मतसहित अग्रता ल्याएकी हुन् । उनलाई माओवादी केन्द्रकी विप्सना सुनारले १ सय २५ मत ल्याएर पछ्याएकी छिन् । जनमोर्चाका दुर्गादेवि घर्तिले ९२ मत ल्याएकी छन् । दोश्रो चरणको मतगणना वडानम्वर २ को साँझ ५ वजेबाट मात्रै सुरु हुने जनाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप