म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडानम्बर १ को वडाध्यक्षमा एमाले विजयी
सोमबार, ०१ जेठ २०७४, १२ : ४५
म्याग्दी, जेठ १ –म्याग्दीको अन्नपूर्ण गाउँपालीका वडानम्बर १ दोवामा नेकपा एमालेका उमेद्वार बिजयी भएका छन् ।
एमालेका दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडा अध्यक्षमा काँग्रेसका प्रत्यासी कमल पुनले २०३ मत प्राप्त गरेका छन् । ८६३ जना मतदाता रहेको कैलाश मावि दोवा मतदान केन्द्रमा ५७४ मत खसेको थियोवडाका अन्य ४ जना सदस्यमा पनि एमालेकै उमेद्वारहरु बिजयी भएका छन् ।
दोवाबाट एमालेका गाउँपालीका अध्यक्षमा एमालेका नारायण पुनले ३३४, काँग्रेसका डमबहादुर पुनले २१०, उपाध्यक्षमा एमालेकी दुर्गादेवी पाईजाले ३३६, काँग्रेसकी केशमाया मगरले २०४ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण