बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बोकेदाह्रीको टुप्पीमा अभिनेत्री सारिका

सोमबार, ०१ जेठ २०७४, १२ : ५७
सोमबार, ०१ जेठ २०७४

काठमाडौं, जेठ १– कमेडियन गायक श्रीकृष्ण लुईंटेल ‘बोकेदाह्री’ले ‘टुप्पी’को विषयमा लेखेको गीतको म्युजिक भिडियो निर्माण भएको छ । भिडियोमा कलाकार घनश्याम तिमिल्सिना ‘एण्टिना’ र अभिनेत्री सारिका घिमिरेले अभिनय गरेका छन् । भिडियो हालै राजधानीका बिभिन्न स्थानमा छायाँकन गरिएको हो । भिडियोमा सारिका र घनश्यामले अन स्क्रिन रोमान्स गरेका छन् । गायक तमिल्सिनाले यो गीत धनश्यामकै लागि लेखेका हुन् । गीतमा नेत्र काफ्लेको संगीत र सुदीप समर्पण राईको स्वर समेत समेटिएको छ । चलचित्र अभिनयमा अलग्गै परिचय बनाएकी सारिका भिडियोमा पनि त्यतिकै ब्यस्त छिन् । हरेक हप्ता जस्तो उनले अभिनय गरेका कुनै न कुनै म्युजिक भिडियो सार्वजनिक भइरहेका हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप