बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

खोलियो काठमाडौँ महानगरको भविष्यको बाकस : को बन्ला मेयर ? (फोटोफिचर)

सोमबार, ०१ जेठ २०७४, १३ : ०७
सोमबार, ०१ जेठ २०७४

कृष्ण खड्का

काठमाडौं, जेठ १ – काठमाडौँ महानगरपालिकाको अहिले मतगणना शुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेपनि झण्डै १२ बजे मात्रै मतगणना सुरु भएको हो ।

वडा नम्बर १ र ३२ बाट मतगणना सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाका १६९ पदका लागि ८६७ को उम्मेदवारी परेको छ ।

प्रमुखमा २८, उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको काठमाडौमा एमाले-राप्रपा गठबन्धन बनेको थियो ।

काठमाडौँमा हेभिवेट दलहरुसहित नयाँ शक्ति दाबी गर्ने विवेकशील नेपाली, साझा पार्टी र नयाँ शक्ति नेपाल पनि चुनावी मैदानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप