बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कास्कीका चार गाउँपालिकामा मतगणना सुरु, मादीमा एमाले अगाडि

सोमबार, ०१ जेठ २०७४, १३ : १४
सोमबार, ०१ जेठ २०७४
पोखरा, १ जेठ - कास्कीका चारवटै गाउँपालिकामा मतगणना सुरु भएको छ । मादी गाउँपालिकामा भने राति ४ बजेबाटै सुरु भएको र सो गाउँपालिकामा एमाले अगाडि भएको निर्वाचन अधिकृत गुरुदत्त ढकालले बताएका छन्। अहिलेसम्म एक हजार १८८ मतगणना गरिएकामा अध्यक्ष पदका प्रत्यासी नेकपा एमालेका बेदबहादुर गुरुङले ६५६, नेपाली काँग्रेसका देवीजङ्ग गुरुङले ४७३, नेकपा (माओवादी केन्द्र)की राधा सापकोटाले १७ मत प्राप्त गरेका छन् । सो गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)ले वडाध्यक्षसहित दुई खुल्ला सदस्य, एक÷एक महिला सदस्य र दलित महिला सदस्यमा विजयी हासिल गरेको छ । सो गाउँपालिकामा १३ हजार ५५९ मतदाता रहेकामा नौ हजार ८८० मत खसेको थियो । जिल्लाका रुपा, अन्नपूर्ण र माछापुच्छे गाउँपालिकामा अहिले सर्वदलीय बैठक सकेर मतगणना सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप