निर्वाचन आयोगको निर्णयपछि चाँगुनारायणको मतगणना सुरु हुने
नगरकोट, जेठ १ - भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगरकोट मतदान केन्द्रमा मादल चिह्न नभएको नवलपरासीको मतपत्र बदर गर्ने वा पुनः मतदान गराउने विषयको विवाद टुङ्गिएको छैन ।
भर्खरै बसेको सर्वदलीय बैठकले सो समस्या समाधानका लागि निर्वाचन कार्यालयलाई लेखी पठाउने र जवाफ प्राप्त हुनासाथ मतगणना सुरु गर्ने गरी सहमति भएको नेपाल मजदुर किसान पार्टीका चाँगुनारायण नगरपालिका वडा नं ८ का अध्यक्षका उम्मेदवार गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
वैशाख ३१ गतेको मतदानमा चाँगु नगरपालिकाको नगरकोटस्थित मतदान केन्द्रमा नवलपरासी जिल्लाको मतपत्रमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न नै थिएन ।
करिब २२ वटा मत खसिसकेपछिमात्र नवलपरासी जिल्लाको मतपत्र परेको तथ्य बाहिर आएको थियो । उम्मेदवारको चुनाव चिह्न नै नभएको मतपत्र सदर वा बदर गर्ने, गणना गर्ने वा नगर्ने विषयमा विवाद टुङ्गिन नसक्दा मतगणना सुरु हुन नसकेको हो । चुनाव चिह्न नै नभएका मतपत्र स्वतः बदर हुनुपर्ने स्थानीय मतदाताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण