बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगरमा मतगणना सुरु हुन सकेन, अन्य नगरपालिकाको गणना जारी

सोमबार, ०१ जेठ २०७४, १३ : ३२
सोमबार, ०१ जेठ २०७४
काठमाडौँ, १ जेठ – काठमाडौँ महानगरपालिकाको मतगणना अवरुद्ध  बनेको छ ।  मत गन्ने क्रम सुरु भएकै बेला मुचुल्का भन्दा बढी मतपत्र देखिएपछि गन्ने क्रम अवरुद्ध बनेको हो ।   यस्तै कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरी, टोखा, तारकेश्वर, नागार्जुन, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र बूढानीलकण्ठमा मतगणना भइरहेको छ । पछिल्लो मत परिणामअनुसार गोकर्णेश्वर नगरपालिका प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसे ५७, नेकपा एमालेका पुण्यप्रसाद चौलागाईं ४९, नेकपा माओवादी केन्द्रका टिआर नेपाल २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले एक प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा काँग्रेसका शान्ति नेपाल र एमालेका शान्ति श्रेष्ठले बराबर ५६ मत पाएको नगर निर्वाचन अधिकृत विमला शर्मा सुवेदीले जानकारी दिए । उपप्रमुखमा माओवादी केन्द्रका २५ र राप्रपाका पाँच मत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप