सबैभन्दा बढी ८३ प्रतिशत मतदान भएको भक्तपुरमा मतगणना सुरु
काठमाडौँ, जेठ १ – भक्तपुर जिल्लाको चांगुनारायण नगरपालिका बाहेकका तीन वटा नगरपालिकाको मतगणना सुरु भएको छ ।
मध्यपुर ठिमी नगरपालिका, भक्तपुर नगरपालिका र सुर्यविनायक नगरपालिकाको मतगणना सुरु भएको हो । भक्तपुर नगरपालिका र सुर्यविनायक नगरपालिकाको मतगणना आ आफ्नै भवनमा भईरहेको छ । मध्यपुर ठिमी नगरपालिकाको मतगणना कृषि विकास तालिम केन्द्रको भवनमा जारी छ ।
चांगुनारायण नगरपालिकाको मतगणता भने सुरु हुन सकेको छैन । वडा नम्बर ६, नगरकोटमा नेमकिपाको चुनाव चिन्ह मादल नै नभएको मतपत्र भेटिएपछि नेमकिपाले सो केन्द्रको मतदान रद्द गर्नुपर्ने आवाज उठाएको छ । एक सय मत पत्र रहने एक ठेलीमा मादल चुनाव चिन्ह नै नभएको फेला परेपछि नेमकिपाले विरोध गर्दे आएको छ ।
नेमकिपाले आईतबार नै सो केन्द्रको मतदान रोक्नुपर्ने माग गरेपनि मतदान भने सम्पन्न गरिएको थियो । तर अहिले सोही विषयलाई लिएर विवाद भएपछि मतगणना सुरु हुन नसकेको हो ।
१ लाख ६१ हजार ५ सय २९ मतदाता संख्या रहेको भक्तपुरमा सुर्यविनायक , भक्तपुर ,चाँगुनारायण, र मध्यपुर ठिमी गरी ४ वटा स्थानीय तह छन् । सुर्यविनायक नगरपालिकामा १०, भक्तपुर नगरपालिकामा १०, चाँगुनारायण नगरपालिकामा ९र मध्यपुर ठिमी नगरपालिकामा ९ वडा रहेका छन् । १ सय ९८ जना जनप्रतिनिधि चयनका लागि आईतबार भएको मतदानमा जिल्ला भर गरी १ सय ९१ वटा मतदान केन्द्र राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण