वाग्लुङकोे निसीखोलामा कांग्रेसको अग्रता, तारखोलामा माओवादी केन्द्र र वाढिघाटमा जनमोर्चाको अग्रता
सोमबार, ०१ जेठ २०७४, १४ : ५२
गुल्मी, जेठ–१ बाग्लुङ्गको सवै गाउँपालिका र नगरपालिकामा मतगणना सुरु भएको छ । केहिमा पहिलो चरणको परिणाम आउन बाँकी छ भने आएका स्थानहरु मध्ये निसीखोला गाउँपालिाकामा नेपाली कांग्रेसले अग्रता लिदै वडा नम्वर–मा कृष्णबहादुर मल्ल वडा अध्यक्षमा विजयी भएका छन् ।
त्यस्तै तारखोला गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । वडा नम्वर १ मा केन्द्रका प्रकाश घर्तिले ९२ मत , कांग्रेसका डण्डपाणी शर्माले २७ मत र स्वतन्त्रका ऋषिराम रोकाले ४ मत ल्याएका छन् । बढिघाट गाउँपालिकामा भने माओवादी केन्द्र र एमालेको संयुक्त प्यानलकालाई राष्ट्रिय जनमोर्चाका एकल उमेदवारले चुनौती दिएका छन् । १ सय २२ मत गनिएकोमा माओवादी– एमालेबाट अध्यक्षका उमेदवार मेयरसिंह पाईजाले ४९ मत पाएका छन् ।
राष्ट्रिय जनमोर्चाका भिमसेन वनले ४८ मत र कांग्रेसकी गण्डकी थापाले २१ मत पाएकी छन् । एमालेको संयुक्त प्यानलबाट उपाध्यक्ष पदका माओवादी केन्द्रका उमेदवार राजिव घिमिरेले १३ मत पाएका छन भने उनका प्रतिद्धन्द्धी राष्ट्रिय जनमोर्चाकी रुनमाया थापाले ४९ मत पाएकी छन् । वडा नम्वर–१ को वडा सदस्यमा जनमोर्चाका वोमबहादुर थापाले ५० मतले अग्रता ल्याएका छन् ।
एमालेकी वनाकुमारी थापाले ४८ मत ल्याएर पछ्याई रहेकी छन् । कांग्रेसका दुर्गाबहादुर थापाले २१ मत ल्याएका छन् । सुरुवाती परिणामबाट एमालेले उपाध्यक्ष पदका माओवादी उमेवारलाई एमाले जनले घात गरेको हुन सक्ने आशंका माओवादीजनले गरेका छन् । उता वडा नम्वर–१ मा माओवादी केन्द्रका उमेदवरा वडा अध्यक्षमा विजयी भईसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण