बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रघुगङ्गा –१ मा काँग्रेस र अन्नपूर्ण –३ मा एमाले विजयी

मङ्गलबार, ०२ जेठ २०७४, ०९ : ३१
मङ्गलबार, ०२ जेठ २०७४
बाबियाचौर - म्याग्दी  म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा नेपाली काँग्रेस र अन्नपूर्ण–३ मा नेकपा एमालेका वडा अध्यक्षसहित सबै उम्मेदवार निर्वाचित भएका छन् । रघुगङ्गा–१ बेगमा नेपाली काँग्रेसका बिलबहादुर फगामीले ४१८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उन्का प्रतिस्पर्धी एमालेका नरसिङ पुनले २६३ मत प्राप्त गरेका छन् । यसैगरी, अन्नपूर्ण गाउँपालिका–३ दानाको वडा अध्यक्षमा नेकपा एमालेका नरसिङ पुनले ५०७ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित भएको हो भने उन्ले प्रतिस्पर्धी काँग्रेसका बेलबहादुर पुर्जाले ४४६ मत प्राप्त गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षमा हालसम्म एमालेकी दुर्गादेवी पाईजाले ९९२ मत र नेपाली काँग्रेसकी केशमाया मगरले ७२० मत प्राप्त गरेका छन् । एक हजार ४२० मत र दुई मतदान केन्द्र रहेको दानामा एक हजार ३१ जनाले मतदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप