बनेपा नपाको वडा नम्बर ३ र ४ मा एमाले विजयी, १ र २ मा नेपाली काँग्रेस
काभ्रे, २ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेको अग्रता रहेको छ । बनेपा नगरपालिकाको मतगणना अनुसार वडा नम्बर ३ र ४ मा एमाले विजयी छ ।
त्यस्तै, मण्डन देउपुर वडा नम्बर १ को मतगणना अनुसार एमाले पूरै समूह विजयी भएको छ । त्यस्तै, पाँचखालको वडा नम्बर १ मा पनि एमालेको अग्रता देखिएको छ । बनेपा नगरको मतगणनाअनुसार नेकपा एमालेले नेपाली काँग्रेसलाई पछि पार्दै १,१२८ मतले वडा नम्बर १ मा कृष्णप्रसाद दाहाल विजयी भउका छन् भने वडा नम्बर २ मा ११३६ मतले श्यामसुन्दर श्रेष्ठ विजयी भएका छन् ।
त्यसैगरी, मण्डन नगरपालिका–१ मा एमालेको पूरै समूह विजयी भएको छ । एमालेको विजयी समूहमा वडाध्यक्षमा लक्ष्मण बस्ताकोटी ६६० मतले काँग्रेसलाई पछि पार्दै विजयी भएका छन् ।
त्यस्तै, दलित महिला सदस्यमा सानीकान्छी दमाईंले ६४७ मत पाएकी छिन् । महिला सदस्यमा अञ्जली तामाङले ६४७, सदस्य नम्बर १ मा टोकबहादुर तामाङले ६४१ र सदस्य नम्बर २ मा रामप्रसाद दाहालले ६१७ मत प्राप्त गरी पूरै समूह विजयी भएको हो ।
पाँचखाल वडा नं १ को वडाध्यक्षमा अष्टबहादुर तामाङले ५०७ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी, दलित महिला सदस्यमा माओवादीमा कान्छी दमाईंबाहेक अन्य सदस्यमा एमाले नै विजयी छ ।
बनेपा नपाको वडा नम्बर १ र २ मा भने वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा १ नम्बरमा पीताम्बर दुलालले ५१३ र २ बाट हरिशरण घिमिरेले ४५७ मत ल्याएर विजयी भएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण