सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्वतको महाशिला गाउँपालिकामा एमाले विजयी

मङ्गलबार, ०२ जेठ २०७४, २१ : ३३
मङ्गलबार, ०२ जेठ २०७४
फलेवास (पर्वत) २ जेठ । पर्वतको महाशिला गाउँपालिकामा एमालेका राजु पौडेल अध्यक्ष र हीरादेवी थापा उपाध्यक्षमा विजयी भएका छन् । महाशिला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एउटाबाहेक सबै वडामा नेकपा९एमाले० विजयी भएको हो । अध्यक्षमा विजयी भएका पौडेलले दुई हजार ४५३ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उज्ज्वल गुरुङले दुई हजार १० मत पाएका छन् । यसैगरी उपाध्यक्ष पदमा विजयी हीरादेवी थापाले दुई हजार ४८३ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्दी काँग्रेसकी सिर्जना मल्ल ठकुरीको एक हजार ९५१ मत रहेको छ । त्यस्तै वडा नं १, ३, ४, ५ र ६ मा समेत एमालेको प्यानल नै जितेको छ । वडा नं २ मा भने काँग्रेसले जितेको छ । वडा नं १ मा ईश्वरी भुसाल, २ मा ताराबहादुर राना, ३ मा रोशन गुरुङ, ४ मा पुरनबहादुर मल्ल, ५ मा जीवन उचैं ठकुरी र ६ मा रामबहादुर सुनार विजयी भएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप