कछुवाको तालमा महानगरको मतगणना, रातभरी यसरी हुँदैछ काम (फोटोफिचर)
मङ्गलबार, ०२ जेठ २०७४, २२ : ०९
काठमाडौं, जेठ २ – स्थानीय तहको निर्वाचन भएको दुई दिन बितिसक्यो तर काठमाडौं महानगरपालिका उम्मेद्धवारले प्राप्त मत संख्या १ हजार पुग्न सकेको छैन् । काठमाडौं महानगरपालिकामा भएको निर्वाचनमा १ लाख ९८ हजार हाराहारीमा मत खसेको थियो ।
सोमबार २ वटा वडाको मतगणना गरेको आयोगले मंगलबार दिँउसोबाट भने ३ वडाको एकैसाथ मतगणना शूरु गरेको छ । तर कछुवा गतिमा भएको मत गणनाका कारण दोश्रो दिन झन्डै १५ सय हाराहारीमा मत गणना भएको छ ।
मतपत्र लामो हुनु, उम्मेद्धवार धेरै भएकोले प्रत्येक मतपत्रमा सबैलाई देखाएर चित्त बुझाँउनुपर्ने भएकोले धेरै समय लाग्ने गरेको आयोगको भनाई छ ।
सोमबार र मंगलबार आयोगले महानगरपालिकाको वडा नं १, २ र ३२ वडाको मतगणना गरिरहेको छ । आयोगले २४ सै घण्टा मतगणना गरिरहेको छ ।
मतगणनाको रिर्पोटिङका लागि रातीको समयमा पनि टेलिभिजन तथा अनलाइन समाचार माध्यमका पत्रकारहरु क्रियाशील छन् ।
हेर्नुहोस फोटो:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण