साइबर हमला पछाडि उत्तर कोरिया त होइन ?
डेव ली /बीबीसी
उत्तर अमेरिका टेक्नोलोजी संवाददाता
जेठ ३ – ग्लोबल साइबर हमलाको पछाडि को छ ? जुन ताजा तथ्य पाइएको छ, त्यसबाट लाग्छ कि हमलाको पछाडि उत्तर कोरियाको हात हुनसक्छ । तर उपलब्ध जानकारी अनुसार अन्तिम नतिजामा पुग्न सकिन्न ।
तपाईंले सायदै लेजरस ग्रुपको नाम सुन्नुभएको होला तर तपाईं यसको क्रियाकलापबारे पत्ता लगाउन सक्नुहुन्छ । सन् २०१४ मा सोनी पिक्चर्सको ह्याकिङ र सन् २०१६ मा बंगलादेशी बैंकको ह्याकिङ, दुबै विषयको सम्बन्ध यसै समूहसँग थियो ।
लेजरस ग्रुप उत्तर कोरियाका लागि चीनबाट काम गर्दछ र ताजा साइबर हमलाको मुद्दा पनि त्यसैसँग जोडिएको अनुमान गरिन्छ ।
गुगलको सेक्युरिटी रिसर्चर निल मेहताको एक खोज पछि सुरक्षा विशेषज्ञ अब र्यानसमवियरको ताजा हमलालाई लेजरस ग्रुपसँग जोडेर हेरिएको छ ।
निलले ह्याकिङका लागि प्रयोग गरिएको सफ्टवेयर ‘वानाक्राई’ को कोड र अतितमा लेजरस ग्रुपले बनाएको टुल्समा समानता देखेको बताएका छन् ।
यो एक ठूलो प्रमाण हो । तर याद राख्नुपर्ने अन्य केही सुराग पनि छन् ।
सिक्योरिटी विशेषज्ञ प्रोफेसर एलन वुडवर्डले एक इमेलमार्फत मलाई बताए कि वास्तविक वानाक्राईको कोडको समय चीनको समयसँग मिल्दोजुल्दो छ ।
फिरौतीका लागि मागिएको रकमका लागि लेखिएको भाषाको अंग्रेजीमा अनुवाद मेसिनले गरेको जस्तो देखिन्छ तर चीनमा फिरौती माग्नका लागि चीनियाँ भाषा नै लेखिएको छ ।
प्रोफेसर वुडवर्ड भन्छन्, ‘जसरी तपाईं देख्न सक्नुहुन्छ कि यी सबै परिस्थितीजन्य छ । यद्यपी, यो थप अनुसन्धानका लागि उपयोगी छ ।’
कोड के भन्छ ?
अनुसन्धान अझै जारी छ । रुसको सिक्योरिटी फर्म क्यास्परस्काईको भनाई छ, ‘निल मेहताको खोज वानाक्राईको उत्पत्तिको एक महत्वपूर्ण सुराग हो ।’
तर कुनै पनि नतिजामा पुग्नुभन्दा पहिले वानाक्राईको पछिल्लो संस्करणको बारेमा धेरै जानकारी जुटाउनुपर्ने आवश्यक हुन्छ ।
क्यास्परस्काई भन्छ, ‘संसारभरीका अन्य शोधकर्ता पनि यी समानताको अनुसन्धान गरुन् भन्ने हाम्रो चाहना छ र वानाक्राईको बारेमा अन्य तथ्यहरुको खोजी गरुन् भन्ने हामी चाहन्छौं ।’
साइबर हमलाका लागि कसैलाई जिम्मेवार ठहराउनु निकै मुश्किल हुन्छ । धेरैजसो यस्तो मामलामा पुष्टिको साटो आम सहमतीमाथि विश्वास गरिन्छ ।
उदाहरणका लागि उत्तर कोरियाले सोनी पिक्चर्स ह्याकिङको मामलामा आफ्नो भूमिकालाई कहिले पनि स्विकार गरेनन् । जबकी सिक्योरिटी रिसर्चर र अमेरिकी सरकारलाई उत्तर कोरिया यसमा संलग्न भएकोमा पूरा भरोसा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि भिडन्तमा स्पेन र अर्जेन्टिना (भिडियो)
-
कुन प्रदेशमा सवारी दर्ता गर्दा सस्तो पर्छ वार्षिक कर ?
-
'हामीले सरकार ढालेको होइन, अल्पमतमा परेपछि विकल्प मात्र दिएका हौँ'
-
मेयरका छाेरा नक्कली प्रमाणपत्र प्रकरणमा दाेषी ठहर, ६ महिना कैद
-
गाैरीघाटकाे बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण