राजपाले आजै देउवा र प्रचण्डसँग छुट्टाछुट्टै छलफल गर्ने
काठमाडौं जेठ ३–जेठ ४ गते व्यवस्थापिका संसदबाट सविधान संशोधन विधेयक पारित गराउने विषयमा राष्ट्रिय जनता पार्टी राजपा) नेपालले आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्ने भएको छ ।
राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाका अनुसार सभापति देउवासँग सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा तीन बजे र प्रधानन्त्री प्रचण्डसँग उनकै सरकारी निवास बालुवाटारमा पाँच वजे छलफल गर्न लागिएको हो ।
प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते बस्ने संसदको बैठकबाट संशोधन विधेयक पारित गराउने प्रतिवद्धता जनाएपनि सो अनुसारको तयारी नदेखिएको कारणले राजपाका नेताहरु छलफलमा लागेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिने घोषणा गरिसकेको अवस्थामा संशोधन विधेयकलाई पनि प्रभाव पर्ने राजपाले ठहर गरेको छ । राजपाले प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यकालमा संविधान संशोधन गरियोस् भनि चाहेको छ । तर यसै साता राजिनामा दिने घोषणा गरेका कारण राजपाका नेताहरुले सकभर वैशाख ४ गते नै संशोधन पारित गराउनेमा दवाव दिने बताइएको छ ।
वैशाख १७ गते नै संशोधन विधेयक पारित हुने लगभग फाइनल नै थियो तर राप्रपाका केही सांसदहरुले धोका दिएको कारण सरकार ब्याक भएको थियो तर त्यो सम्भावना अझै टरेको छैन । राप्रपाले सरकार छाडि सकेको छ । त्यस यता सरकारको तर्फबाट कुनै कुराकानी पनि भएको छैन । यद्यपी राप्रपाले सरकार छाड्ने बेलामासंशोधन विधेयक पारित गराउनमा आफ्नो सहयोग रहने प्रतिवद्धता जनाएको थियो
् अहिलेसम्मको अवस्था हेर्दा संशोधन विधेयक पारित गराउन वैशाख १७ गते जस्तो माहोला छैन । यता राजपा पनि चुनावमा भाग लिने कि नलिने दवावमा छ । चुनावमा भाग लिनुपर्ने चौतर्फि दवाव छ । अर्कोतिर राजपाले संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने भनिसकेको छ, यस अवस्थामा संशोधन नगरिकन चुनावमा गए भने संघीय समाजवादी फोरम नेपालले जस्तै आलोचना हुने पनि डर छ । जनतालाई के जवाफ दिने पनि अन्योल छ । यिनै सबै कुराको निराकरण गर्नका लागि राजपाले आज देउवा र प्रचण्डसँग छलफल गर्न लागेको बताइएको छ । छलफल गर्नुअघि आज राजपा अध्यक्ष मण्डलको बैठक १२ बजे बस्दैछन् । देउवा र प्रचण्डसँग छुट्टा छुट्टै हुने छलफलमा के के कुरा राख्ने विषयमा एउटा धारणा बनाएर जाने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन प्रदेशमा सवारी दर्ता गर्दा सस्तो पर्छ वार्षिक कर ?
-
'हामीले सरकार ढालेको होइन, अल्पमतमा परेपछि विकल्प मात्र दिएका हौँ'
-
मेयरका छाेरा नक्कली प्रमाणपत्र प्रकरणमा दाेषी ठहर, ६ महिना कैद
-
गाैरीघाटकाे बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ
-
देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण