पोखरा मनपाको वडा नं ३ र ४ मा काँग्रेस
पोखरा, ३ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३ र ४ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।
वडाको पछिल्लो मत परिणामअनुसार वडा नं ३ मा नेपाली काँग्रेसका रवीन्द्रबहादुर प्रजु ९६३ मतसहित वडा अध्यक्षमा विजयी बनेका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शशिधर पराजुलीले ६४८ मत प्राप्त गरे । वडामा नेपाली काँग्रेसका तर्फबाट महिला सदस्यमा लक्ष्मी पराजुली, दलित महिला सदस्यमा सावी परियार, दुई खुल्ला सदस्यमा रवीन कायस्थ र जीतेन्द्र कायस्थ विजयी बनेका छन् ।
महानगरको वडा नं ४ को अन्तिम मत परिणामअनुसार नेपाली काँग्रेसका शङ्कर बास्तोला विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण पराजुलीले ६३२ मत प्राप्त गरे ।
उक्त वडामा नेपाली काँग्रेसका तर्फबाट महिला सदस्यमा सरिता पराजुली, दलित महिला सदस्यमा विष्णुमाया परियार, दुई खुला सदस्यमा पुष्करबहादुर श्रेष्ठ र सुवर्ण केसी विजयी बनेका छन् ।
वडा नं ५ को मतगणनाका क्रममा खसेको मतसङ्ख्या तीन हजार ३०६ भएकोमा तीन हजार २०८ मत मात्र फेला परेपछि उक्त वडाको सम्बन्धमा दलहरूबीच छलफल जारी रहेको र अन्य ६, ७ र ८ नं वडाको मतगणना सुरु गरिने भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि भिडन्तमा स्पेन र अर्जेन्टिना (भिडियो)
-
कुन प्रदेशमा सवारी दर्ता गर्दा सस्तो पर्छ वार्षिक कर ?
-
'हामीले सरकार ढालेको होइन, अल्पमतमा परेपछि विकल्प मात्र दिएका हौँ'
-
मेयरका छाेरा नक्कली प्रमाणपत्र प्रकरणमा दाेषी ठहर, ६ महिना कैद
-
गाैरीघाटकाे बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण