आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

महाकालीमा बेपत्तामध्ये दुई जनाको शव चार दिनपछि भेटियो

बुधबार, ०३ जेठ २०७४, ११ : १८
बुधबार, ०३ जेठ २०७४

भीमदत्तनगर, ३ जेठ । चार दिनअघि महाकाली नदीमा बेपत्ता भएका किशोरमध्ये भीमदत्तनगरपालिका–१४ बनकट्टीका १६ वर्षीय कपिल खाती र १६ वर्षकै दीपेश कँुवरको शव मङ्गलबार भेटिएको छ ।

इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रमुख प्रहरी निरीक्षक विरादत्त पन्तका अनुसार खाती र कुँवरको शव महाकाली नदीमै भेटिएको हो ।

“प्रहरीले खोजी गर्दै जाँदा खातीको ढक्नाघाट क्षेत्र र कुँवरको बेपत्तास्थल नजिकै शव भेटिएको हो ।” प्रहरी निरीक्षक पन्तले भने – “शव पहिचान भएपछि आफन्तलाई खबर गरेका छौँ ।” उनले कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाइने बताए ।

शनिबार दिउँसो महाकाली नदी तर्नेक्रममा नदीमा पानीको बहाव बढेपछि कपिल र दीपेशसँगै वनकट्टीका १५ वर्षीय राहुल उपाध्याय पनि बेपत्ता भएका छन् ।

तर राहुलको अवस्था अझै अज्ञात छ । प्रहरीले खोजीकार्य तीव्र बनाएको छ । तीनैजना महाकाली नदीको दोधारा चादँनी झोलुङ्गेपुलको करिब ५०० मिटर दक्षिणबाट बेपत्ता भएका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप