‘एक पाइला’मा गायक सनुपको जीवनकथा
शुक्रबार, ०४ फागुन २०७४, १४ : ५३
काठमाडौं – अल्मोडा राना उप्रेतीको एरेन्ज रहेको गायक सनुप पौडेलको ‘एक पाइला’ बोलको गीत भिडियो सहित भिडियो सार्वजनिक भएको छ । केही पहिले सार्वजनिक यो गीतले सांगीतिक बजारमा राम्रो चर्चा परिचर्चा बटुल्न सफल देखिएको छ ।
ओजनदार गीतहरु लेखनमा माहिर मानिएका गीतकार मनिष बासिष्ठका शब्द रहेको गीतको भिडियोमा सनुपको जिन्दगी र उनको गायकीलाई कलात्मक ढंगले समेटिएको छ ।
सनी सुमनको संगीत रहेको गतिले प्रेमीहरु माझ एउटा छुट्टै छाप छोड्ने आस गायकले गरेका छन् । रुशील अमात्यले गीतको भिडियो निर्देशन गरेका हुन् । भिडियोमा सनुपलाई उनको आफ्नै श्रीमती र छोरीले साथ दिएका छन् ।
‘भिडियो मेरो जीवन कथा भन्दा पनि फरक पर्दैन’ गायक सनुपले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण