अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो
एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा स्पान्योलसँग १–१ को बराबरीमा रोकिएको छ ।
घरेलु मैदान नोउ क्याक्पमा सातौं मिनेटमै मार्को अलोन्सोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । अलोन्सोले एन्ड्रियस किस्टिनसेनको पास सदुपयोग गरेका थिए ।
७३ औं मिनेटमा जोसेलुले पेनाल्टीमार्फत गोल गर्दै स्पान्योललाई १–१ को बराबरीमा ल्याए । खेलमा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए ।
७८ औं मिनेटमा जोडी अल्बाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडिमा समेटिएको थियो । ८० औं मिनेटमा स्पान्योल समेत १० खेलाडीमा सिमित बन्यो । उसका भिनियसिय सोउजाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेका हुन् ।
खेलको ८४औं मिनेटमा रेफ्रीले स्पान्योलका लिआन्द्रो काब्रेलालाई रातो कार्ड दिएपछि भिएआरको साहायतामा फिर्ता लिएका थिए । नतिजासँगै १५ खेलमा ३८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लियो । समान अंकको रियल म्यड्रिड दोस्रो स्थानमा छ । स्पान्योल समान खेलबाट १३ अंकका साथ १६ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण