दुर्गेश थापामाथि स्टेजमा ढुंगा प्रहार
आइतबार, १७ पुस २०७९, ११ : १६
गायक दुर्गेश थापामाथि स्टेजमै आक्रमण भएको छ । शनिबार बेलुका कपिलवस्तुको चनौटामा जारी महोत्सवमा प्रस्तुति दिइरहेका कलाकार दुर्गेश थापामाथि आक्रमणको भएको हो । नायक पल शाह र गायिका समिक्षा अधिकारीबीचको विवादमा खलपात्रको भूमिका खेलेको भन्दै विवादित बनेका कलाकार थापामाथि सोही कुरालाई लिएर स्टेजमै ढुंगा प्रहार भएको हो । शाहलाई थापाले फसाउन सहयोग गरेको शाह समर्थित शुभचिन्तकको आरोप छ । नायक शाह हाल नाबालिका बलात्कारको आरोपमा हिरासतमा छन् ।
उनीमाथि आक्रमण भएपछि महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । ढुंगा प्रहार भएपछि कार्यक्रम रोकिएको थियो । वडा प्रहरी कार्यालय चन्द्रौटाले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण