आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘मौसमी कामदार’ ले अबदेखि वैधानिक रूपमा नै वैदेशिक रोजगारीमा जान पाउने

आइतबार, १७ पुस २०७९, १६ : ५८
आइतबार, १७ पुस २०७९

अबदेखि मौसमी कामदार (सिजनल वर्कर) हरूले वैधानिक रूपमा नै वैदेशिक रोजगारीमा जान पाउने भएका छन् । यसअघि कानूनको अभावमा व्यक्तिगत श्रम स्वीकृति लिएर सिजनल वर्करको रूपमा नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका थिए । जसलाई नेपालको कानूनले अवैध मान्दै आएको थियो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘मौसमी कामदार व्यवस्थानि निर्देशिका २०७९’ जारी गरेको छ । उक्त निर्देशिका नहुँदा सरकारले छोटो समयका लागि वैदेशिक रोजगारी जाने कामदारलाई अवैध मान्दै आएको थियो । अबदेखि भने वैधानिक रूपमा नै श्रम स्वीकृति लिएर मौसमी कामदारको रूपमा जान पाउने भएका छन् । 

अब कसरी जान पाउँछन् ? 
विभिन्न देशले नेपालबाट छोटो समयका लागि कामदार माग गर्दै आएका छन् । तर, नेपालबाट वैदेशिक रोजगारीमा जानको लागि न्यूनतम एक वर्षका लागि मात्रै श्रम स्वीकृत दिने कानूनी व्यवस्थाले गर्दा समस्या थियो । अहिलेसम्म गएका व्यक्तिहरू व्यक्तिगत श्रम स्वीकृति लिएर मात्र जाने गरेका थिए । अबदेखि भने त्यो बाध्यता हटेको छ र सरकारले नै पठाउने भएको छ । 

यसका लागि नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगार प्राप्त गर्न सक्ने देखिएमा सरकारले द्वीपक्षीय श्रम सम्बनध स्थापना गर्न सक्नेछ ।  श्रम सम्बन्ध स्थापना भएपछि निर्देशिका बमोजिम रोजगारदाता संस्था वा सम्बन्धित मुलुकको प्रचलित कानून बमोजिम रोजगारदाताको तर्फबाट सहजीकरढा गर्ने गरी दर्ता भएको स्थानीय निकाय वा संस्थाले मागपत्र प्रमाणीकरणको लागि अनलाइन माध्यमबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगमा पेश गर्नुपर्नेछ । सोही आधारमा श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढ्नेछ ।

1234

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप