बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभा सदस्यहरुले लिए शपथ

आइतबार, १७ पुस २०७९, १९ : २३
आइतबार, १७ पुस २०७९

 लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनिर्वाचित सांसदहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

८७ जना निर्वाचित सांसदमध्ये ९ जनाले मातृभाषामा शपथ लिएका थिए । शपथ ग्रहणसँगै प्रदेश प्रमुख शेरचनले नवनिर्वाचित सांसदहरुलाई लोगोसमेत प्रदान गरेका थिए ।

शपथ ग्रहणसँगै लुम्बिनी प्रदेशसभामा सभामुख र उपसभामुखको चयन नहुन्जेलसम्म प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुुसालले गर्ने भएका छन् । भुसाल गुल्मी क्षेत्र नम्बर २(१) बाट निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप