बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युकेको नेपाली पर्यटन दूतमा मोक्तान नियुक्त

सोमबार, १८ पुस २०७९, १९ : १५
सोमबार, १८ पुस २०७९

काठमाडौं । नेपाल पर्यटन बोर्डले नर्दन आयरल्यान्ड युकेको नेपाली पर्यटनको विकाश एवं प्रवर्द्धनका लागि पर्यटन दूत नियुक्त गरेको छ । बोर्डले युकेमा लामो समयदेखि बस्दै आएका उमेशराज मोक्तानलाई आगामी ४ वर्षका लागि पर्यटन दूत नियुक्त गरेको हो ।

सुनसरी जिल्लाको धरानका मोक्तान विगत २७ वर्षदेखि युकेमा बस्दै विभिन्न सामाजिक कार्यमा संलग्न छन् । पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिका रूपमा नर्दन आयरल्यान्ड युकेमा नेपाली पर्यटनको विकास र विस्तार गर्न दूतको महत्त्वपूर्ण भूमिका हुनेछ।

मोक्तानले नेपाल सरकारको कुनै परिभाषित जिम्मेवारी नलिएर पनि देशका लागि पर्यटनमा सक्दो सहयोग गर्दै आएको स्मरण गर्दै पर्यटन बोर्डले दिएको जिम्मेवारीले थप हौसला मिलेको बताए। उनले नेपालको पर्यटनको प्रवर्धनको लागि अझ सक्रिय रहेर काम गर्ने प्रतिबद्धता जनाए।

लेबर पार्टीको स्थानीय नेतृत्वमा समेत रहेका मोक्तान नेपाली कलाकार संघ ,एनआरएन ,यति नेपाल,एभरेष्ट समाचार लगायत युकेका विभिन्न संघ संस्थामा आबद्ध छन् । उनी नेपाली सांस्कृतिक पर्यटनलाई युकेमा प्रवर्द्धनका लागि परिचित छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप