बैंक अफ काठमाडण्डूमा रहेको ९ लाख ५२ हजार संस्थापक सेयर बिक्री गर्दै भाटभटेनी सुपर मार्केट
मङ्गलबार, १९ पुस २०७९, १३ : ४५

चर्चित सुपर मार्केट भाटभटेनीले बैंक अफ काठमाण्डूमा रहेको आफ्नो ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । भाटभटेनीले बैंकमा रहेको कुल १७ लाख १२ हजार १४८ कित्ता सेयर मध्ये ९ लाख ५२ हजार ७३० कित्ता सेयर बिक्री गर्न चाहेको हो ।
योसँगै बैंक अफ काठमाण्डू (बिओके) ले उक्त संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ । प्रतिकित्ता २०० रुपैयाँ दर तोकिएको उक्त संस्थापक सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापकहरू मध्यलाई हुने बैंकले जनाएको छ ।
तर, हाल बैंकको संस्थापकहरू सेयरधनीहरु लिलामीको सेयर खरिद गर्न इच्छुक नभए सर्वसाधारणहरुलाई खुल्ला गरिने बैंकले जनाएको छ । इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सक्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमा नगरपालिका ‘सडक’ माग्नेमुक्त घोषणा
-
तीन वायुको प्रभाव: आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
भारतको आक्रमणबाट कश्मीरमा कति भयो मानवीय क्षति ?
-
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा