बैंक अफ काठमाडण्डूमा रहेको ९ लाख ५२ हजार संस्थापक सेयर बिक्री गर्दै भाटभटेनी सुपर मार्केट
मङ्गलबार, १९ पुस २०७९, १३ : ४५
चर्चित सुपर मार्केट भाटभटेनीले बैंक अफ काठमाण्डूमा रहेको आफ्नो ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । भाटभटेनीले बैंकमा रहेको कुल १७ लाख १२ हजार १४८ कित्ता सेयर मध्ये ९ लाख ५२ हजार ७३० कित्ता सेयर बिक्री गर्न चाहेको हो ।
योसँगै बैंक अफ काठमाण्डू (बिओके) ले उक्त संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ । प्रतिकित्ता २०० रुपैयाँ दर तोकिएको उक्त संस्थापक सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापकहरू मध्यलाई हुने बैंकले जनाएको छ ।
तर, हाल बैंकको संस्थापकहरू सेयरधनीहरु लिलामीको सेयर खरिद गर्न इच्छुक नभए सर्वसाधारणहरुलाई खुल्ला गरिने बैंकले जनाएको छ । इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सक्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण