बेल्जियममा ‘चम्सुरी’सँग रमाए दर्शक
काठमाडौँ । बेल्जियम निवासी नेपालीले चर्चित हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ सँग रमाउने अवसर प्राप्त गरे । ल्लोछार तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर बेल्जियममा आयोजित ‘हि ल्होछार कार्यक्रम’ मा सो अवसर मिलेको हो ।
तमुधी बेल्जियमको आयोजना रहेको कार्यक्रममा पल्पसाले नेपाली गीतमा नृत्यको अलवा चर्चित हास्य श्रृखला ‘मेरी बास्सै’ को ‘चम्सुरी’ गेटअफमा बिभिन्न प्रस्तुति समेत दिएकी थिइन् । उनका हरेक प्रस्तुतिमा दर्शकले भरपुर मनोरञ्जन लिएका थिए ।
कार्यक्रममा गायिका मल्लिका कार्कीले आफ्ना विभिन्न चर्चित गीतहरू समेत प्रस्तुत गरेकी थिइन् । आफ्नो युरोप कार्यक्रम एकदमै राम्रो भइरहेको पल्पसाले बताइन् । कार्यक्रममा बेल्जियम निवासी विभिन्न संघसंस्थाले पल्पसालाई सम्मान समेत गरेका छन् ।
पल्पसा युरोपका करिब एक दर्जन देशमा सांगीतिक कार्यक्रम लक्ष्यसहित केही अगाडि बेल्जियम पुगेकी थिइन् । केही दिन पहिले जर्मनीमा पनि एक सांगीतिक कार्यक्रम गरेको उनको अझै बेल्जिय र फान्स गरेर केही कार्यक्रम तय भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण