शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्जियममा ‘चम्सुरी’सँग रमाए दर्शक

मङ्गलबार, १९ पुस २०७९, १५ : १७
मङ्गलबार, १९ पुस २०७९

काठमाडौँ । बेल्जियम निवासी नेपालीले चर्चित हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ सँग रमाउने अवसर प्राप्त गरे । ल्लोछार तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर बेल्जियममा आयोजित ‘हि ल्होछार कार्यक्रम’ मा सो अवसर मिलेको हो ।

तमुधी बेल्जियमको आयोजना रहेको कार्यक्रममा पल्पसाले नेपाली गीतमा नृत्यको अलवा चर्चित हास्य श्रृखला ‘मेरी बास्सै’ को ‘चम्सुरी’ गेटअफमा बिभिन्न प्रस्तुति समेत दिएकी थिइन् । उनका हरेक प्रस्तुतिमा दर्शकले भरपुर मनोरञ्जन लिएका थिए ।

कार्यक्रममा गायिका मल्लिका कार्कीले आफ्ना विभिन्न चर्चित गीतहरू समेत प्रस्तुत गरेकी थिइन् । आफ्नो युरोप कार्यक्रम एकदमै राम्रो भइरहेको पल्पसाले बताइन् । कार्यक्रममा बेल्जियम निवासी विभिन्न संघसंस्थाले पल्पसालाई सम्मान समेत गरेका छन् ।

पल्पसा युरोपका करिब एक दर्जन देशमा सांगीतिक कार्यक्रम लक्ष्यसहित केही अगाडि बेल्जियम पुगेकी थिइन् । केही दिन पहिले जर्मनीमा पनि एक सांगीतिक कार्यक्रम गरेको उनको अझै बेल्जिय र फान्स गरेर केही कार्यक्रम तय भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप