जुम्लाका विद्यार्थीलाई पढाउँदै प्रहरी
जुम्ला । जुम्ला प्रहरीले लागुपदार्थ सेवनका बेफाइदा र साइबर अपराधका विषयमा विद्यार्थीलाई पढाउन सुरु गरेको छ । समाजमा बढ्दै गएको लागुऔषध दुर्व्यसन र साइबर अपराधविरुद्ध विद्यार्थीलाई सचेत गराउन कक्षा सुरु गरिएको डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहान ८ बजेदेखि ९ बजेसम्म स्थानीय ट्युसन सेन्टरमा पढ्ने विद्यार्थीलाई साइबर अपराध एवं लागुऔषध न्युनीकरण सम्बन्धी प्रशिक्षण दिइएको हो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस्तो सचेतनामुलक कार्यक्रम गरिएको उनको भनाइ छ । जिल्लास्थित विभिन्न विद्यालयबाट एसइइको ट्युसन पढ्न आएका विद्यार्थीलाई लागुपदार्थबाट हुने हानी र साइबर अपराधबाट आइपर्ने झन्झटका विषयमा पढाउन थालिएको डीएसपी चन्दले बताए ।
प्रहरीका अनुसार जुम्लामा लागुऔषधको प्रयोग बढ्दै गएका कारण यसरी विद्यार्थीलाई लक्षित गरी सचेतना गराउन थालिएको हो । समाजमा शान्तिसुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधविरुद्ध जनतालाई चनाखो बनाउन र युवामा बढ्दै गएको लागुऔषध दुर्व्यसनी तथा प्रविधिको गलत प्रयोग नियन्त्रण गर्न सचेतनाले ठूलो भूमिका खेल्ने प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण