इजरायलमा कामदार पठाउने काम कहिले सकिन्छ ?
गत वर्षको माघ ५ गते ९९ जना नेपाली (केयर गिभर) इजरायल उडे । इजरायलका स्याहार केन्द्रका काम गर्न छनौटमा परेका उनीहरू उडेको एक वर्ष पुग्नै लागेको छ । तर, छनौटमा परेका सबै नेपाली कामदार इजरायल जान पाएका छैनन् । छनौटमा परेका १ हजार १७५ मध्ये अहिलेसम्म १ हजार १९ जना कामदार इजरायल पुगेका छन् । जान बाँकी रहेका मध्ये केही मेडिकलमा फेल भए भने केहीले नजाने निर्णय गरे । अब ५० जना जति इजरायल जान बाँकी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
इजरायलबाट जति जनाको भिसा आउने गरेको सोही आधारमा कामदारलाई पठाउने गरिएको विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए । ‘रोजगार दाताले म रेडी भए अब पठाईदिनुहोस् भनेर आयो भने मात्र पठाउनुपर्ने हो । ८६ जना रोकिएका थिए । अब ५० जना जति बाँकी छन् । एक महिनाभित्रमा सबै जना उड्छन् ।’ महानिर्देशक आचार्यले भने । अबको एक महिनाभित्रमा बाँकी रहेका सबै उडिसक्ने उनको भनाई छ । जति जनाको भिसा आउने गरेको त्यतिलाई नै इजरायल पठाउने गरिएको उनको भनाई छ ।
नेपाल सरकार र इजरायल सरकारबीच कामदार लैजाने सम्झौता गरिएको थियो । सोही सम्झौता अनुसार गतवर्ष एक हजार भन्दा बढी केयर गिभर माग गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण