उडिरहेको विमानभित्र महिलामाथि पिसाब फेरिदिने व्यक्तिलाई प्रहरीले कारवाही गर्ने
एयर इन्डियाको विमानभित्र वृद्धामाथि पिसाब फेरिदिने व्यक्तिलाई दिल्ली प्रहरीले कारबाही गर्ने भएको छ ।
दिल्ली प्रहरीले बिहीबार दिएको जानकारीमा एयर इन्डियाको विमानमा एक महिलामाथि पिसाब फेरिदिने व्यक्तिलाई छिट्टै पक्राउ गरिने बताइएको छ ।
दिल्ली पुलिसले भन्यो, ‘आरोपी मुम्बईको बासिन्दा हुन्, तर उनको हालको लोकेशन अर्को राज्यको आइरहेको छ र पुलिस त्यहाँ पुगेको छ । हामी छिट्टै आरोपीलाई पक्राउ गर्नेछौं ।’
प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गर्न टोली गठन गरेको जनाएको छ । गत वर्ष नोभेम्बरमा अमेरिकाको न्युयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा एक पुरुषले एक महिलामाथि पिसाब गरेको आरोप छ ।
पुलिसले मुद्दा दर्ता गरेको छ ।
पीडित र अभियुक्त दुवै दिल्ली बाहिरका बासिन्दा हुन् । एयर इन्डियाले आरोपितलाई ३० दिनका लागि प्रतिबन्ध लगाएको जनाएको छ । उनका अनुसार यसविरुद्ध कडा कारबाही हुन सक्दैन ।
एयर इन्डियाका प्रवक्ताले भने, ‘एयर इन्डियाले यो विषयलाई गम्भीरताका साथ लिएको छ... यस सम्बन्धमा उजुरी दर्ता गरिएको छ । पीडित यात्रुलाई न्याय दिलाउनका लागि एयर इन्डिया कानुनी एजेन्सीहरूलाई सहयोग गर्न प्रतिबद्ध छ ।’
यसका साथै महिला आयोगले दिल्ली प्रहरी आयुक्तसँग सात दिनभित्र विस्तृत रिपोर्ट पनि मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण