सुशासन र समृद्धिको सपना साकार पार्ने लक्ष्य छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री दाहालले सो धारणा राख्दै यस कार्यमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने स्पष्ट गरेका हुन् ।
सङ्गठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको विद्यार्थी टोली प्रधानमन्त्री दाहाललाई बधाई दिन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । त्यस अवसरमा विद्यार्थीहरुले उनलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना दिएका थिए । सो सङ्गठनले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयको कुलपति हुन् ।
अनेरास्ववियुका अध्यक्ष पराजुलीका अनुसार सो अवसरमा वाम एकतालगायत समसामयिक राजनीतिक विषयमा समेत प्रधानमन्त्रीसँग छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण