सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

शुक्रबार, २२ पुस २०७९, १५ : ५७
शुक्रबार, २२ पुस २०७९

काठमाडौँ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रवार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चितता लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने निर्णय भएको बताएका हुन् । 

उनले सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको जानकारी दिए । उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको पनि बताए । उनले कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए ।  

उनले भने, ‘अर्थ मन्त्रालयको प्रस्तावमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व कार्यालय स्थापना गर्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने पूर्व स्वीकृति प्रदान गर्ने, पोखरा विमानस्थल राष्ट्रिय गौरवका आयोजना मध्ये एक हो । कोभिडको समयलाई कटौती गर्ने हो भने तुलनात्मक रुपमा समयमा नै सम्पन्न भएको आयोजनाको रुपमा रहेको छ । यो आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने र विमानस्थलबाट यथेस्ट लाभको सुनिश्चिता गर्ने जिम्मेवारी सरकारको रहेकाले आवश्यक जनशक्ति समेत व्यवस्थापन गर्ने निर्णय गरेका छौँ ।’ 

मन्त्री पौडेलले भने– ‘राष्ट्रियसभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ । त्यस्तै कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने निर्णय र अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।’  सरकारले अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप