विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाउँछ : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन् । शुक्रबार परिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । उनले वर्तमान सरकार महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको बताए । उनले सरकारले विश्वासको मत लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल लाग्नुभएको जानकारी दिए ।
उनले भने– ‘वर्तमान सरकार केही महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौं । सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ । पुस २६ गते सरकारले संसदसमक्ष संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै मन्त्रिपरिषद् राष्ट्रिय अभिभारामा केन्द्रित भएर जनता र राष्ट्रका समस्यमा केन्द्रित भएर गतिशित रुपमा अगाडि बढ्नेछ ।’ उनले मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकार जनता र राष्ट्रका समस्यमा समाधान गर्ने गरी गतिशील रुपमा अगाडि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण