ग्लोबल आइएमई र बीओकेको सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द हुने
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) को सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द हुने भएको छ । ग्लोबल आइएमई र बीओके यहीँ आउँदो पुस २५ गतेदेखि एकीकृत कारोबारमा जानेभएसँगै प्राविधिक तयारीका लागि पुस २३ र २४ गते (शनिबार र आइतबार) दुबै बैंकको कारोबार बन्द हुने भएको हो ।
मर्जरका लागि यी दुबै बैंकहरुले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत अन्तिम स्वीकृति पाइसकेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडको गत मंसिर २३ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले र बैंक अफ काठमाण्डूको सोही मंसिर २३ गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो ।
योसँगै मर्जरका लागि राष्ट्र बैंक समक्ष प्रस्ताव गरेकोमा बैंकहरुले पुस २५ गते ग्लोबल आइएमई बैंक लिमिटेडको नाममा एकीकृत कारोबारमा जाने गरी स्वीकृति पाएको हो । मर्जरपछिको ग्लोबल आइएमई बैंक ३४ अर्बमाथिको चुक्तापुँजीसहित ठूलो बैंक बन्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण