आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई र बीओकेको सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द हुने

शुक्रबार, २२ पुस २०७९, १६ : ४८
शुक्रबार, २२ पुस २०७९

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) को सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द हुने भएको छ । ग्लोबल आइएमई र बीओके यहीँ आउँदो पुस २५ गतेदेखि एकीकृत कारोबारमा जानेभएसँगै प्राविधिक तयारीका लागि पुस २३ र २४ गते (शनिबार र आइतबार) दुबै बैंकको कारोबार बन्द हुने भएको हो । 

मर्जरका लागि यी दुबै बैंकहरुले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत अन्तिम स्वीकृति पाइसकेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडको गत मंसिर २३ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले र बैंक अफ काठमाण्डूको सोही मंसिर २३ गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो । 

योसँगै मर्जरका लागि राष्ट्र बैंक समक्ष प्रस्ताव गरेकोमा बैंकहरुले पुस २५ गते ग्लोबल आइएमई बैंक लिमिटेडको नाममा एकीकृत कारोबारमा जाने गरी स्वीकृति पाएको हो । मर्जरपछिको ग्लोबल आइएमई बैंक ३४ अर्बमाथिको चुक्तापुँजीसहित ठूलो बैंक बन्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप